‘ड्रिम हाई नेपाल फोटोग्राफर २०७९’ बिकास खतिवडालाई

भूमिका बिष्ट

आर एन आर ग्रुप

काठमाडौं ।  ‘ड्रिम हाई नेपाल फोटोग्राफर सम्मान  २०७९’ बिकास खतिवडालाइ प्रदान  गरिएको छ ।

नेपालको ब्रान्ड एवं कलाको क्षेत्रमा दुई दशक भन्दा लामो जीवनको उर्बर समय बिताई योग्यता र दक्षता सहित मिडिया क्षेत्रमा पुर्‍याएको योगदानकोकदर गर्दै ड्रिम हाई नेपालद्वारा आयोजित  ‘दोश्रो मिडिया अवार्ड २०७९’ ले खतिवडालाई उक्त सम्मान प्रदान गरेको हो ।

वि.सं २०३६ सालमा काभ्रेपलान्चोक जिल्ला देउपुरमा जन्मिएका खतिवडा विगत २१ वर्षदेखि प्रतिभाशाली फोटोग्राफरको रुपमा स्थापित छन  ।खतिवडाले पहिलोपटक २०५९ सालमा वातावरण जागरूकता डिजाइनर नामक फेशन प्रतियोगिताको फोटोशुट गर्दै आफ्नो व्यावसायिक यात्रा शुरुवातगरेका थिए ।

त्यस्तै, उनले हालसम्म १४ हजार भन्दा बढि फोटो लेआउट क्याप्चर, प्रमुख व्यापारिक घराना र ब्रान्डको प्रचारात्मक विज्ञापन, चर्चित सेलिब्रेटीकोफोटोशुट, कलाकारिता तथा मोडलिङमा बाटो देखाउने कार्य समेत गरेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page