भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

भूमिका बिष्ट

आर एन आर ग्रुप

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

प्रेमगर्नेहरुका लागि प्रेमदेखाउन कुनै विशेष दिनको आवश्यता भने हुदैन, तर पनि आम मानसपटलमा बसेको एक बिशेष दिन प्रेम देखाउने दिवसको रुपमा मनाउने चलन छ, प्रणय दिवस । प्रणय दिवस अंङ्ग्रेजी शब्दमा जसलाई भ्यालेनटाइन डे भनिन्छ । यो १४ फेबुअरीका दिन विश्वभर मनाइने दिवस हो । यो पश्चिमी सभ्यताबाट आयातित डे हो । यो पूर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् ,भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् ,युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सटम्पन्न गरेका थिए । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू।२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । १४ फेबुअरीका दिन विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

प्रेम दिवसको प्रभावले नेपाली युवायुवतीलाई पनि धेरै छोइसकेको छ । संसारका हरेक प्राणीहरुलाई एक अर्काको प्रेम तथा मायाको अबश्य नै आवश्यकता पर्छ । प्रेम यो आफैमा पुर्ण र परिपक्क छ । प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुने हुन्छ । मनमा उत्पन्न भएको तरङ्गलाई आफुले चाहेको व्यक्तीलाई अभिव्यक्त गर्ने दिन भ्यालेन्टाइन डे लाई लिईन्छ । प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । यस दिन प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, भ्यालेन्टाइन चकलेट, कार्ड आदान प्रदान गरेर तथा प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिने गरिन्छ ।

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ किन रु भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । किन भने यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

Makeup:-Urja Pandey

Pic:-Mahesh Pradhan

Models:-Sumina Nirula, Aishwarya Shahi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page