मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

भूमिका बिष्ट : काठमाडौं ।

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन्।अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् ।

प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन्।  उनी वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । आफूलाई उनी वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्छ । यसवर्ष नयाँ मिस नेपाल आएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ कि  प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छिन् ।

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page