“श्रावण पबित्र मासको अवसरमा RnR GROUPS US को सान्दर्भिक फोटो सुट “

अलिशा अधिकारी

RnR Groups

श्रावण महिना अर्थात श्रावण मास बिक्रम सम्बत क्यालेन्डरको चौथो महिना हिन्दु धर्मावलम्बीहरुकोलागी विशेष रहिआएको छ। यस महिना भरी भगवान शिवको पुजा आराधना गरि व्रत बसि हरेक सोमबार भगवान शिवको मन्दिरमा भक्तजनहरुको घुइँचो नै लाग्ने गरेको छ। देव र दानवको समुन्द्र मन्थन यसै मासमा भएको कथाहरुमा पाइन्छ । सुमेरु पर्वतलाई राखेर बासुकी नागको मदानी बनाइ समुन्द्र मन्थन गर्दा कालकुट बीस निस्केर सन्सारका सम्पुर्ण जगतलाई त्राही बनाउदा देवदी देव महादेवले उक्त सम्पुर्ण बीस घाटीमा राखी जगत कल्याण गर्नु भएको थियो उक्त दिनबाट भगवान शिवको नाम निलकण्ठ रहन गएको छ। तेसैले पनि श्रावण महिनामा जगत कल्याण कर्ता भक्तहरुको दुख हरता महादेवको पुजाको लागी यश महिनालाई विशेष मानेर गरिन्छ। शिवजीको मन्दिरमा नैबेध दूध चन्दन अक्षताले भगवान शिवको दिन होस या रातको समय उतिकै महत्त्वपूर्ण मानेर पुजा पाठ गरिन्छ। भक्तजनहरु शिवालयहरुमा भिड भाड रहने यस पबित्र मासलाई झाकी ,नृत्य हरुले शिव बाबाको पावन भुमिको आभास गराउछ । यसै अवसरमा RnR GROUPS-US ले पशुपति परिसर महादेवको भेष भुसामा सजाएर विभिन्न फोटो सुटको आयोजना गरेको थियो । देश बिदेशमा रहनु भएका सम्पुर्ण हिन्दुधर्माव्लम्बीहरुलाइ यस पबित्रमासको महत्त्वलाई दर्शाउन विशेष भेषभुसामा फोटो सुट राखिएको चाडबाडहरुलाई महत्त्व दिएर विश्वसामु हिन्दु धर्मको महत्व र सस्कृतीको प्रचारको लागी पनि विशेष फोटो सुट आयोजना गर्ने गरेको RnR Groupus ले विस्तारमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page