Fashion Runway Expo 2023

भूमिका बिष्ट

आरएनआर ग्रुप्स युएस

काठमाडौं,माघ ४–बलिउडकी चर्चित अभिनेत्री मलाईका अरोरा काठमाडौं को दरबारमार्गमा आयोजित जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करणमा सहभागी भएकी थिईन् ।

नेपाल रत्न तथा आभूषण संघंले होटल याक एन्ड यतिमा ,दरबारमार्गमा आयोजना गरेको एक्स्पोमा अभिनेत्री मलाईका २८ पुस बिहिबार साँझ सहभागी भएकी हुन् । बिहिबार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेकी उनले नेपाली मिडियाहरु मार्फत आफु नेपाल आउँदा खुशी लागेको बताएकी थिईन् ।

ज्वेलरी फेसन शोमा मलाईका नेपाली डिजाइनरका पोशाक र गहनाका साथ र्याम्पमा सहभागी भएकी थिईन् । नेपाली डिजाइनरका पोशाक र गहनामा अभिनेत्री अरोरा निकै आर्कषक देखिएकी थिईन् । उनले घिउ रङको लेहेंगा ,हीराको हार ,औंठी ,ब्रासलेट साथमा छड्के तिलहरी लगाएर र्याम्पमा हिडेकी थिईन् ।

उनी शो स्टपरको रुपमा प्रस्तुत भएकी थिईन् । अभिनेत्री मलाईका संगै नेपाली अभिनेत्री स्वस्तिमा खड्का ,उपासना सिंहठकुरी,मलिका महत र पूर्व मिस नेपालहरु अनुष्का श्रेष्ठ ,इभाना मानन्धर पनि र्याम्पमा हिडेका थिए । र नेपाली मोडलहरुले पनि रत्न र आभुषण जडित गहना लगाएर रयाम्पमा हिडेका थिए । कार्यक्रमा गायिका सुवानी मोत्तानले संगीतिक प्रस्तुती दिएकी थिईन् ।

नेपाली रत्न तथा आभूषणलाई विश्व माझ चिनाउन उद्देश्यले तिन दिने एक्स्पो कार्यक्रम राखिएको थियो । यही माघ १ गते एक्स्पोमा समापन भएको थियो । उक्क्त एक्स्पोजमा सर्व

साधारणले पनि निशुुल्क प्रवेश पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page