Photoshoot for Holi Festival by RnR Groups

Photoshoot By RnR Groups (Holi Festival 2024)

भूमिका के बिष्ट

आर एन आर ग्रुप

काठमाडौं,

हिन्दुहरुले मनाउने विभिन्न चाडहरुमध्ये फागुपुर्णिमा अर्थात होलि पनि हर्ष उल्लासका साथ मनाइने एक महत्वपुर्ण चाड हो । होलि पर्वलाइ असत्य माथि सत्यको विजय उत्सवको रुपमा मनाउने गरिन्छ ।

होली पर्व प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाईने एक रमाईलो पर्व हो ।

रङहरूको पर्व” भनेर चिनिने होलीलाई हिन्दुहरुले मनाउदै आइरहेको पाइन्छ । तर पर्व मनाउन हिन्दु नै हुपर्छ भन्ने छैन जुन्सुकै धर्म मान्नेहले पनि होलि मनाउने गर्छन् । नेपाल भारत विश्वका अन्य भागहरूमा ठूलो जोश र उत्साहका साथ मनाइन्छ।

 मार्च महिनामा पर्ने यो चाडले वसन्तको आगमनलाई चिन्ह लगाउँदछ। यश दिन एकाअर्कालाई रंग (अबीर) र पानी लगाउँछन्, । र बाजा जस्ता परम्परागत नृत्य र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गर्दै मनाउने गरिन्छ ।

होली पर्वको गहिरो सांस्कृतिक र धार्मिक महत्व छ। यो पर्व मनाउनुको मुख्य कारण हिन्दू पौराणिक कथा, विशेष गरी होलिका र प्रह्लादको कथामा निहित छ। पौराणिक कथा अनुसार, त्रेता युगमा दैत्यरा हिरण्यकश्यपुको पुत्र भक्त प्रह्लादलाई मार्न भनि उनको फुपू होलिकाले अग्निमा डढाउन खोज्दा प्रह्लाद भगवान् विष्णुका प्रभावले बा“चेको तर होलिका आँफै डढेर भष्म भएको कुरा पुराणमा वर्णित छ । यहि दिनबाट होली पर्व शुरू भयो भन्ने कुरा पहिलो सर्वमान्य बलियो प्रमाणका रूपमा लिइन्छ ।

होली धार्मिक सीमाना पार गरी विभिन्न आस्था र समुदायका मानिसहरूले मनाउने गर्दछन्। यसले जाति, धर्म वा पृष्ठभूमिको बाहेक मानिसहरूलाई एकताबद्ध गर्ने शक्तिको रूपमा काम गर्दछ। यस पर्वले विविध जनसङ्ख्याबीच एकता, सद्भाव र भ्रातृत्वको भावना जगाउँछ । होली एक धार्मिक पर्व मात्र नभई परिवारका सदस्य, साथीभाइ र समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने सामाजिक पर्व पनि हो । यसले मानिसहरूलाई विगतका गुनासोहरू बिर्सने, एकअर्कालाई क्षमा गर्ने र नयाँ प्रेम र मित्रताको साथ नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्दछ। होलीको भावनाले समावेशीतालाई प्रोत्साहन गर्छ र सामाजिक एकतालाई बढावा दिन्छ

Makeup Artist:-Bandana Raut

Model:-Ishnea Joshi, Jesika Pokharel, Binita Yonjan

Pic:-Mahesh Pradhan

Special Thanks:-Kala Rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page